अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका युवराजको अग्रता


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको जारी मतगणनामा नेकपा एमालेका विष्णु बहादुर केसी र नेपाली कांग्रेसका युवराज कुवँरविच कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका कुँवरले एमालेका केसीलाई २२ मतले अग्रता लिएका छन् ।
एमालेका केसीले ६१९ मत प्राप्त गर्दा कांग्रेसका कुँवरले ६४१ मत प्राप्त गरेका छन् ।

सो गाउँपालिकाको अध्यक्षमा ३ स्वतन्त्र सहित ११ जना चुनावी मैदानमा छन् । यस्तै उपाध्यक्षमा विभिन्न ५ पार्टीका ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।