तनहुँ–२ प्रदेशसभा माओवादी केन्द्रबाट (क) मा ७ र (ख) बाट ५ जनाको दावी


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित




आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँ–२ बाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका आकांक्षी उम्मेदवारबारे छलफल चलाइएको छ ।

नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिको बैठकले सम्भावित उम्मेदवार बारे छलफल चलाएको हो ।

बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ आशा कोइरालाले र समानुपातिकमा शम्भुबहादुर अधिकारीले उम्मेदवारी दावी गरेका छन् ।

यसैगरी प्रदेश सभा सदस्य उम्मेदवारमा तनहुँ–२ (क) मा ओेमराज आले ‘मदन’ सोमबहादुर थापा ‘एस्बीु’ मदन पौडेल, मुक्ति सिग्देल, राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने र विकास श्रेष्ठले दावी गरेका छन् ।

यस्तै प्रदेश सभा २ (ख) बाट प्रत्यक्षतर्फ देवीकुमारी बुर्जाले उम्मेदवारी दावी गरेकी छन् । यस्तै प्रदेश सभाको समानुपातिकतर्फ दलितबाट डिलबहादुर नेपाली, जनजातिबाट रामबहादुर थापा, महिलाबाट सर्वदा खनाल, खस/आर्यबाट ईन्द्रबहादुर अधिकारीले उम्मेदवारी दावी गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।