स्टेप वाई स्टेप मा वि मा वक्तृत्वकला प्रतियोगिता


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित




स्टेप वाई स्टेप मा वि मासबार, पोखराले विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ र १० का विद्यार्थी बिच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

दुई समूहमा विभाजन गरी गराइएको प्रतियोगितामा जम्मा ४१ ज्ना विद्यार्थीले विभिन्न समसामयिक विषयमा आआफ्ना प्रस्तुतीहरु राखेका थिए । उक्त प्रतियोगिता मा समूह ‘ए’ बाट स्नेहा रिजाल प्रथम हुुन सफल भएकी थिइन भने द्वितीय, तृतीय र चर्तुर्थ क्रमशः करुणा श्रिस, आयु पाठक र नयन गुरुङ्ग, अन्मोल खडका तथा रशिला कार्की भएका थिए । समूह ‘बि’ मा प्रथम दिव्यानी मरासिनी, द्वितीय प्रनिश शर्मा, तृतीय पुर्णिमा थापा र चर्तुर्थ कृति ढकाल तथा चन्दा शर्मा भएका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीलाई अध्ययनशील बनाउने, उनीहरुको वाक क्षमतामा वृद्धि गर्ने र आत्मबल अभिवृद्धि गराउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको कुरा बताइन् । उनले सहभागी विद्यार्थीलाई धन्यवाद दिँदै विजयी विद्यार्थीहरुलाई बधाई दिइन् । कार्यक्रममा भाइस प्रिन्सिपल दिपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले विजयी विद्यार्थीहरुलाई बधाइ प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको संञ्चालन शिक्षक युवराज लामिछानेले गरेका थिए भने निर्णायकमा अंग्रेजी विषयका विभागीय प्रमुख रुपेश पौडेल र शिक्षक लक्षमण भण्डारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।