काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राजश्व संकलन उच्च दरमा घटेका कारण स्रोत जुटाउने दबावमा परेका अर्थमन्त्री महतले १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको बुझिएको हो ।
गत वर्ष सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत बजेटको साइज कटौती गरी १५ खर्ब ४९ अर्बमा सीमित गरिएको थियो ।
अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारका कार्यक्रमहरु समेट्ने र स्रोत सुनिश्चित नभएका आयोजनाहरु कटौती गर्ने बुझिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







