बजेटमा साधरण खर्चमा मितव्यीता अपनाउने छौं : अर्थमन्त्री डा महत


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




काठमाण्डौं । सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमा साधरण खर्चमा आर्थिक मितव्यीता अपनाउने भएको छ ।
संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेटमा साधरण खर्चमा मितव्यीता अपनाउँदै सार्वजनिक खर्च पुनारावलोकन आयोग २०७५ ले दिएको सुझावलाई क्रमश कार्यान्वयन गर्ने बताएका छन् ।

उनले सबै प्रकारका प्रोहोत्सान भत्ता, अतिरिक्त समय भत्ता खारेज गरेको घोषणा गरेका छन् । नयाँ सवारी साधन, फर्निचर तथा फर्निसिङ खरिद नगरिने बताएका छन् । उनले नयाँ आर्थिक वर्षमा अत्यावशेक बाहेक नयाँ भवन निर्माण नगरिने बताउँदै नेपाल सरकारबाट अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य निरुत्साहित गरिने जानकारी दिए ।

यस्तै सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन सुविधा वापत नगदनै प्रदान गर्ने व्यवस्था मिलाइने घोषणा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।