रसायनिक मल खरिद गर्न रु. ३० अर्व विनियोजन


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




काठमाण्डौं । सरकारले आउँदो आर्थिक वर्षमा किसानलाई रसायनिक मल खरिद गर्न रु. ३० अर्व विनियोजन गरेको छ ।

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले रसायनिक मल खरिद प्रक्रियामा सुधार गरि समयमा नै आपूर्ति सुनिस्चितता गरिने बताए । उनले मल आपुर्ति र व्यवस्थापन प्रक्रियालाई पारदर्शि बनाइने पनि घोषणा गरे ।

सरकारले स्वदेशमा नै रसायनिक मल कारखाना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि सार्वजनिक निजि साझेदारीमा लगानी बोर्डमार्फत काम अगाडी बढाइने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।