आर्थिक वर्ष २०८०/८१ को बजेट : पोखरामा हवाई इन्धन भण्डारण गृह बनाइने


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




काठमाण्डौं । सरकारले न्यूनतम ३ महिनालाई धान्न सक्नेगरि पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

जसको लागि पोखरामा हवाई इन्धन भण्डारण गृह र अमलेखगञ्जमा थप दुई वटा इन्धन भण्डारण गृह निर्माण सम्पन्न गरिने घोषणा गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।