पोखरामा पाटा अवार्डबाट विभिन्न व्यक्ति सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा जारी एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ ९पाटा० को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ को अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मी लगायतलाई स्पेशल अवार्डबाट सम्मान गरेका हुन् ।

कोभिड १९ को महामारीको तथा आर्थिक मन्दिका अवस्थामा नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन तथा समग्र पर्यटन प्रर्वद्धनका लागि डा। रेग्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पाटा इन्टरनेशनले उहाँलाई सम्मान गरेको अध्यक्ष पिटरले बताए ।

उक्त अवसरमा अध्यक्ष पिटरले पाटा स्पेशल अवार्डबाट डा रेग्मीका साथै सिङ्गापुरका सुन ह्या वोङ, मेम्बरसीप अवार्डबाट चीनका मारिया डी सेन्ना फर्नान्डिज र पाटा अवार्ड अफ मेरिटबाट क्यानडाका डा चरिस ब्रोट्रिललाई पनि सम्मान गरेका थिए।

अवार्डपछि प्रतिक्रिया दिँदै बोर्डका कार्यकारी प्रमुख डा। रेग्मीले यो अवार्ड समग्र नेपाली पर्यटन क्षेत्रको सम्मान भएको धारणा राखे । सम्मानले आफूलाई नेपालको पर्यटन क्षेत्रमा थप काम गर्न जिम्मेवारी थपिएको महसुस भएको उनले प्रतिक्रिया दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।