माल्ट स्वादमा भारतमा बनेको पेय पदार्थ ‘बि फिज’ नेपाल भित्रियो


     एभरेस्ट आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित




पोखरा, जेठ ३२

माल्ट स्वादमा बनेको पेय पदार्थ ‘बि फिज’ नेपाल भित्रिएको छ । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले उत्पादन गरेको ‘बि फिज’ नेपाली बजारमा भित्रिएको हो ।

स्याउको स्वादमा रहेको यो पेय पदार्थ अद्वितीय र स्फूर्तीदायी रहेको कम्पनीको दाबी छ । नेपालमा पहिलो पटक भित्रिएको ‘बि फिज’ स्वादयुक्त कार्बोनेटेड पेय पदार्थ भएकाले स्वादमा नयापन थप्ने उत्पादक कम्पनी पार्ले एग्रोले जनाएको छ ।

कम्पनीका अनुसार ‘बि फिज’ नया स्पार्कलिङ फ्रुट ड्रिङ्क अर्थात फलफुलको जुस हो । यसै वर्षमात्र एप्पी फिज लञ्चिङ गरेको पार्ले एग्रोले यस वर्ष पेय पदार्थमा नया क्रान्ति ल्याउनेगरी ‘बि फिज’ ल्याएको कम्पनीको दाबी छ । माल्ट स्वादमा भएकाले बियरको स्वादसँग अभ्यस्त जनमानसका लागिपनि ‘बि फिज’ उपयुक्त हुने कम्पनीको भनाई छ ।

पार्ले एग्रोकी प्रबन्ध निर्देशन तथा सिएमओ नादिया चौहानले उपभोक्ताहरुलाई नया स्वाद र नया अनुभव दिने कम्पनीको हरदमको प्रयास अन्तर्गत ‘बि फिज’ बजारमा आएको बताईन् ।

‘बि फिज’को मूल्य ३० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । पार्ले एग्रोले एप्पी फिज र फ्रुटीको वितरणमा सहकार्य गरेको साउथ एसियन बेभरेजबाटै ‘बि फिज’पनि वितरण भइरहेको बताएको छ ।

साउथ एसियन बेभरेजप्रालिका प्रबन्ध निर्देशक आशिष अग्रवालले ‘बि फिज’ वितरणका लागि आफूहरु तयार रहेको बताए । उनले भने,‘हामी ‘बि फिज’ वितरणका लागि उत्सुक भएर उर्जाका साथ लागिपरेका छौं ।’ उनले यसअघि एप्पी फिजलाई ६ महिनामै नेपालका सबै क्षेत्रका बजारमा पु¥याएको अनुभवलाई प्रयोग गरेर ‘बि फिज’लाईपनि सोहि गतिमा बजारमा पु¥याउने विश्वास लिएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।