जीवनोपार्जनका लागि १६ जनालाई सिलाई मेसिन हस्तान्तरण


     एभरेस्ट आवाज    
     असार ६ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका १३ नं. वडा कार्यालय कुँडहरले सिपमुलक तथा जीवनोपार्जनका लागि १६ जनालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

वडा अध्यक्ष किरण बरालले सिपले मानिसलाई आत्मनिर्भर बनाउने हँदा जीवनोपार्जनका लागि सिलाई मेसिन हस्तान्तरण गरेको बताए ।

वडाभित्रका नागरिकका हातमा सिप भयो भने नै क्षमता विकाससँगै आम्दानीको स्रोत बढ्छ । स्थानीय नागरिकसँग हामी भन्ने वाचालाई पूरा गर्न बरालले यो अभियान चलाएका जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।