पोखरा । रोटरी क्लब अफ् पोखरा न्यूरोडले, पोखरा १९ घार्मीमा रहेको महेन्द्र मा।वि लाई विविध सामग्री हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच क्लवले विद्यार्थीका लागि स्टेशनरी सामाग्रि, सेनेटरी प्याड तथा पर्शनल हाइजिन किड सामाग्रीहरु प्रदान गरेको हो।
क्लब अध्यक्ष गिता देवकोटा सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुष्ठ पौडेल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले रोटरी क्लबले विध्यालयको शैक्षिक विकासको लागि समय समयमा प्रदान गर्दै आएको सहयोगले विद्यालयले ठूलो फड्को मारेको बताए ।
उनले विध्यालयका विविध आवश्यकता माथि प्रकाश पार्दै रोटरी क्लबले भविष्यमा पनि यसरी नै विद्यालयको विकासमा उदारता दर्शाउने अपेक्षा राखे। त्यस्तै कार्यक्रममा बोल्दै विध्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले विध्यालयको स्थिति , अवस्था र विविध आवश्यकता एंव शैक्षिक विकासका रचनात्मक संभावनाहरु माथि प्रकाश पारे।
क्लवका अध्यक्ष गिता देवकोटा सिग्देलले विद्यालयको समग्र विकासका लागि विगतबाटै आफुहरुले सक्दो सहयोग गर्दै आइरहेको बताए।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सुवास सिग्देल, सुवर्ण कोईराला , पशुपति शर्मा , प्रेशिडेन्ट नोमिनी दिपेन्द्र शर्मा, रोट रियन रामविक्रम अधिकारी ,मनिलाल शर्मा ,अनिल शर्मा , लक्ष्मी बस्नेत ,रोट्रयाक क्लब अफ् महेन्द्र मा वि का अध्यक्ष कृषल पौडेल लगायतका वक्ताहरुले रोटरी क्लवले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष पौडेलले विद्यालयमा पुस्तकालय स्थापना, पुँजी वृद्धि का लागि आर्थिक सहयोग जुटाउन र विद्यार्थीका लागि पोशाक वितरणलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि क्लवले पुर्व अध्यक्ष सुवास सिग्देलको पालादेखि नै विद्यालयलाई संरक्षकत्व दिदै आएको छ । विगत १० वर्ष देखि क्लवले महेन्द्र माध्यमिक विद्यालय सहित विभिन्न सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको क्लवले वताएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







