पोखरा । पोखरामा सीजी मोटर्सको शोरुमको शुभारम्भ गरिएको छ। पोखराको अर्चलबोट चोकमा खुलेको उक्त शोरुमको नेपालकालागि चिनिया राजदूत चेन सोङले उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि राजदूत सोङले सीजी मोटर्सलाई सफलताको शुभकामना दिदै नेपाल तथा चीन बिचको अटुट सम्बन्धमा जोड दिए।
समारोहमा सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए।
उक्त कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सी साथै, पहिलो विद्युतीय माइक्रो भ्यानको राजदूत सोङले हस्तान्तरण गरे।
पियोर ईभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ।
१७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरूका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्स पोखराका प्रमुख बितरक शिव श्रेष्ठले बताए। यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ। यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन ९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै गाडीभित्रको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ। नेटा भीमा विश्वले रुचाएको सिएटिएल ब्याट्रिको प्रयोग भएको छ।
सीजी मोटर्सले नेटा भीका साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखराको शोरुममा समेत उपलब्ध हुने बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







