पेट्रोलियम पदार्थको मूल्य घट्यो


     एभरेस्ट आवाज    
     असार १८ गते २०८० मा प्रकाशित




असार १८ पोखरा । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले सोमबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा ७.५ रुपैयाँ, डिजेलमा ६ रुपैयाँ र मट्टीतेलमा ५ रुपैयाँ मूल्य घटाएको विज्ञप्ती मार्फत जनाएको छ । मूल्य समायोजन भएसँगै अव पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।

यस्तै निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको जनाएको छ । खाना पकाउने ग्याँसको मूल्य १ हजार आठ सय रुपैयाँ नै यथावत रहेको जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १५५ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम गरिएको थियो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर आएसँग्र निगमले मूल्य समायोजन गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।