चौधरी ग्रुपले पोखराको अर्चलबोटमा खोल्यो नेपालकै पहिलो सिजी प्लाजा


     एभरेस्ट आवाज    
     असार २० गते २०८० मा प्रकाशित




पोखरा, असार २०

चौधरी ग्रुप (सिजी) ग्रुपले नेपालमै पहिलो पटक सिजी प्लाजा पोखरामा स्थापना गरेको छ । सिजीले पोखरा–२ अर्चलबोटमा सिजी प्लाजा स्थापना गरेको हो । प्लाजाको सिजीका प्रबन्ध निर्देशक निवार्ण चौधरीले बुधबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरे ।

तीन तलामा फैलिएको सिजी प्लाजाको भुईंतलामा सिजी मोटर्स शोरुम छ । जहाँ सिजीको ईलेक्ट्रोनिक कार ‘नेटा भी’ बिक्री र प्रदर्शनीका लागि राखिएको छ ।

त्यस्तै, पहिलो तलामा सिजी डिजिटल शोरुम, सिजी नेट र सिजी फ्रेस छन् । जहाँ एलजी, सिजी, गोदरेजका टिभी, फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, मिक्सर, ग्लाईन्डर, माईक्रो ओभन, वाटर प्यूरिफाई गर्ने विद्युतीय घरायासी सामानहरु, टिसिएल, बेको, बि प्लस डी, केन्ट, एलिकालगायतका सामानहरु बिक्री तथा प्रदर्शनकीका लागि राखिएको सिजी प्लाजाका सञ्चालक तथा सिनियर म्यानेजर वसन्त पालले जानकारी दिए ।

सिजी प्लाजाको दोश्रो तलामा सिजीसँग सम्बद्ध नबिल बैंक, युनाईटेड ईन्स्योरेन्स र फिनकोका शाखाहरु सञ्चालनमा रहेको पालले जानकारी दिए । यो तलामा सिजीको प्रदेश कार्यालयपनि रहने उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक निवार्ण चौधरीले अन्य प्रदेशमा पनि चाँडै सिजी प्लाजा नेटवर्क बिस्तार गर्ने योजना रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।