असार ३१ पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजना गरेको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागु हुनेगरि इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ,मट्टितेल र डिजेल प्रतिलिटर ४ रुपैयाँ , खाना पकाउने एलपी ग्याँसमा १० रुपैयाँ घटाएको जनाएको छ ।
मूल्य समायोजनपछि अब पेट्रोल प्रतिलिटर १६४, मट्टितेल र डिजेल प्रतिलिटर १४६, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १७९० रुपैयाँ कायम भएको छ ।
निगमले पछिल्लो पटक गत असार १८ मा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो ।
यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।
भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







