स्थानीयले बनाएको मोटरेवल काठे पुलमा सवारीसाधन सरर


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८० मा प्रकाशित




sf7]k'n e/df ;jf/L;wfg dgfª !# ;fpg M a]F;L;x/ rfd] ;8s cGtu{t rfd] ufpFkflnsf–@ :ofs{' vf]nfdf lgdf{0f ul/Psf] sf7]k'nsf] e/df ;jf/L;fwfg cfjthfjt ug{ afWo . xfn lhNnfe/ ;ftj6f sf7]k'n /x]sf 5g . tl:a/ M gjLg nfld5fg]÷/f;;

लम्जुङ । लम्जुङ स्थानीयले एक महिना लगाएर अस्थायी मोटरेवल काठे पुल निर्माण गरेका छन् । बेँसीसहर नगरपालिका–१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन् ।

पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुधप्रसाद घलेले बताए । उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवातजावत गर्न सक्ने घलेको भनाइ थियो । बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए ।

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गङ्गा थापाले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका सुरक्षाकर्मी तथा स्थानीयले श्रमदान गरेका बताए । उनका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले एक्साभेटर उपलब्ध गराएको थियो ।

वडाध्यक्ष थापाले भाचोक खेला डुम्रे–बेँसीसहर–चामे सडकको वैकल्पिक मार्गसमेत रहेको बताए । उनका अनुसार बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट, भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्को पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।