कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।
तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए ।
सङ्क्रमणबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उनले सबैभन्दा बढी सङ्क्रमण गाईमा हुने गरेको जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ ।
पछिल्ला समयमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रण घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






