सुनचाँदीको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८० मा प्रकाशित




नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।

यसैगरि, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।