आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको छ ।
बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेकोे छ ।
शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउबर्षा कम हुने जानकारी गराएको छ ।
चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ । मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । पक्राउ…







