सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित




प्रतिकात्मक तस्विर

निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिए ।

मृत्यु हुनेमा धेरै बालबालिका रहेको उहाँले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए।

करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो ।

मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।”

माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा नै पुगेको हस्लामले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।