पोखरा । चैत्र ०७ ।
सशस्त्र प्रहरी बल, कालिका गण र गण्डकी मेडिकल कलेज (GMC) बिच स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हे.क्वा. कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण कुमार शर्मा र गण्डकी मेडिकल कलेज (GMC) नयाँबजार पोखराका प्रिन्सिपल डा.रविन्द्र प्रसाद श्रेष्ठ बिच गण्डकी प्रदेशमा कार्यरत सम्पुर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेश भित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रित परिवारजनहरुलाई विभिन्न स्वास्थ्य सेवाहरुमा १५ देखी १०० % सम्म स्वास्थ्य सुविधाहरुमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता (MOU) बुधबार भएको हो । यो सम्झौता बुधबारै देखि लागू भएको गणपति शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई…






