लमजुङमा चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन


     एभरेस्ट आवाज    
     असार ३२ गते २०८१ मा प्रकाशित




लमजुङमा चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

क्बलका अध्यक्ष एवं राइनास–२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको बताएयो । एम्बुलेन्स खरिद गर्दा रु. २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा रु. चार लाख ३० हजार उनले जानकारी दिए ।

“स्थानीयसमेत रहेका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गरेका छन । क्लबले विभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ”, वडाध्यक्ष शाहीले भने । रु. २४ लाख ४० लाख खर्च भएको जनाउँदै रु. २३ लाख सङ्कलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराएको उनले बताए ।

भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक रु. १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताए । गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजानलाई सहज भएको स्थानीय बताउँछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।