होटल प्रतिनिधि समाजको अध्यक्षमा माधव लम्साल


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८१ मा प्रकाशित




पोखरा । होटल प्रतिनिधि समाज पोखराको १४ औं अधिवेशनबाट माधव लम्साल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिनिधि समाजको बरिष्ठ उपाध्यक्षमा जीवराज उपाध्यय, प्रथम उपाध्यक्ष दिलबहादुर अधिकारी (निरज), द्वितीय उपाध्यक्ष वामन चौधारी (विजय), महासचिवमा शिव पौडेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य सचिव अधिवक्ता उज्ज्वल शंकर सापकोटाले जानकारी दिए ।

समाजको सचिवमा शिवप्रसाद अधिकारी, कोषाध्यक्षमा डिकबहादुर डाँगी र सहकोषाध्यक्षमा हरि ढकाल निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा नरेन्द्रकुमार पोख्रेल, बोधराम ढकाल, रमेश अधिकारी, चन्द्रमणि चौधरी, विशाल सुवेदी, सुवास सुवेदी र चिरञ्जिवी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

उद्घाटन सभामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पर्यटकीय राजधानी पोखरालाई होटल प्रतिनिधि समाजले सफल बनाउन सक्नेमा जोड दिएका थिए । उनले प्रकृतिले दिएको रमणिय क्षेत्र पोखरामा निजी लगानी गरेर होटलहरुले दिएको योगदानलाई स्थानीय सरकारले ध्यान दिन सक्नु पर्ने बताए । फेवाताल संरक्षण गर्न आवश्यक भएको बताएका क्षेत्रीले प्रकृति र संस्कृति जोगाउने अभियानमा नयाँ नेतृत्व लाग्नेमा विश्वास व्यक्त गरेका थिए ।

होटल प्रतिनिधि समाज पोखराका अध्यक्ष सन्तुकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नविन पोख्रेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नाटा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, टान पोखराका अध्यक्ष धर्मराज पन्थी, रेबान पोखराका अध्यक्ष नरेश भट्टराई लगायतले बोलेका थिए ।

समाजको १४ औं अधिवेशन सम्पन्न गर्न होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा भिमप्रसाद पराजुली, जीत गुरुङ, तिलकबहादुर अधिकारी र अधिवक्ता उज्ज्वलशंकर सापकोटा रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष माधव लम्सालले आधुनिक युगमा पर्यटकले चाहे अनुरुप सेवा र सुविधा दिन होटल प्रतिनिधि समाज तयार रहेको बताए । संस्था टिमको आधारमा चल्ने भएकाले सवै पदाधिकारी र सदस्यहरुको जिम्मेवारी उत्तिकै महत्व हुने बताए ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना आफूसँग रहेको भन्दै पोखराको विकासमा आफ्नो संस्थाको योगदान रहने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।