
साउन ११ पोखरा । रेष्टरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन भएका छन् ।
शुक्रबार पोखरामा सम्पन्न संस्थाको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्वितिय उपाध्यक्षमा विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन भएका छन् ।
समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।