पोउवा संघको महाधिवेशन भदौ अन्तिम साता


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित




साउन १५ पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशनको मिति तय भएको छ ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको संघको २६ औं कार्यसमिति बैठकले भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी दिएको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्थाको रुपमा परिचित संघको महाधिवेशन घोषणासँगै चुनावी माहौल सुरु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।