म्याग्दीको बाङ खोलाको बाढीले तीन पुल बगायो


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८१ मा प्रकाशित




म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए ।

अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पु¥याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।