खाष्टे सहकारीद्वारा अपाङ्गता मैत्री समाजलाई सहयोग


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८१ मा प्रकाशित




साउन १८ पोखरा । पोखरा २६ स्थित खाष्टे बचत तथा ऋण सहकारी सस्थाले वार्षिकोत्सवको अवसरमा अपाङ्गता मैत्री समाजलाई सहयोग गरेको छ ।

सहकारीले शुक्रबार १४ औं स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै पोखरा २६ वुढिवजारस्थित अपाङ्गता मैत्री समाजमा आवासिय रुपमा बसोबास गर्दै आएका नेत्रहिनहरुका लागि आवश्यक खाद्यन्न सहयोग गरेको हो ।

कार्यक्रममा खाद्य सामाग्री हस्तान्त्रण गर्दै सहकारीका अध्यक्ष शिवजी तिवारीले स्थानिय रुपमा छरिएर रहेको रकमलाई संकलन गरि सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्नेगरि काम गर्दै आएको बताए । सहकारीले नाफा भएको रकमलाई हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग पुग्ने उद्देश्यले सामाजिक कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

सोही अवसरमा सस्थाका व्यवस्थापक सुर्य भुजेलले स्थापना दिवसमा सहरकारीले गर्ने हरेक कार्यक्रम समाजप्रति उत्तरदाई भएर अगाडी ब्ढ्नु पर्ने आवश्यकता औल्याए । उनले संघ सस्थाहरुले स्थापना दिवसमा गर्ने फजुल खर्चलाई कटौती गरि सामाजिक क्षेत्रमा सहयोग गर्दा त्यसको प्रभाव सकरात्मक पर्ने भनाई राखे ।

कार्यक्रममा अपाङ्गता मैत्री समाजका अध्यक्ष दण्डपाणी ढकालले सेवाको भावले गरिएका जुन सुकै सहयोगको प्रभाव सहरात्मक प्रभाव पर्ने र दानीलाई कहिल्यै पनि हानी नहुने बतए ।

संस्थामा रहेका २५/३० जनाले दिनमा बजारमा गएर सामान डुलाएर बिक्रि गर्ने र साँझ बिहान सामुहिक रुपमा खाने बस्ने गर्दै आएको जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।