साउन १८ पोखरा ।
बाँडियो घर बाँडियो खेत
बाँडिएन आमाका दुख बरिलै ।
खिएका नङ चिरिएका पौताला
खोजिनन् आमाले सुख बरिलै ।
खोजेनन् बाबाले सुख बरिलै ।
यो संसार र मान्छेहरु संसारिक मोहजालमा परिरहेका छन् । आआफ्नौ स्वार्थसिद्धिमा लागिरहेका भान जो कसैलाई भईनै रहेको छ । एउटा ठूलो दरबारमा एउटै परिवार अट्न सकेको छैन । हुँदाहुँदा दरबार नै एक्दो उभिएको छ र त्यसका अंशियार पनि त्यहाँ बस्दैनन् र विदेशीए वा कतै गएका छन् ।
उहिलेको जस्तो संगोलको परिवार छैन, पारिवारीक माया, ममता नवपुस्ताले अनुभव गर्न पाएका छैनन् । प्रविधि र समयले मानिसलाई एउटा सानो डिजिटल सामानमा कैद गरिदिएको छ । त्यसैमा औपचारिक सन्देश आदान प्रदान हुन थाले, भौतिक भेट टाढा भईसकेको छ ।
यतिधेरै परिवर्तन भईसकेको भएपनि, परिवन्ध र वाध्यताहरुले लखेटिरहेको भएपनि संसारमा पाउन सकिने, अनुभव गर्न सकिने त्यो अटुट माया, ममता, स्नेह आमा र बाबाको नै हो ।
आमा बाबाले बनाएको घर, खेतबारी, सम्पतिमा हारालुछ होला, भागबण्डामा खोसाखोस होला तर आमा बाबाको मन र माया कहिल्यै बाँडिदैन र बाँडिन सक्दैन पनि । यही मर्मलाई शव्दहरुका सुललित गुच्छाहरु बनाई एउटा सिंगो आकर्षक मालाको जस्तो अनुभव हुने गीत अम्बिका भण्डारीले ल्याएकी छन् बाँडिएन आमा दुःख बरीलै….। यो उनको वर्ष २०८१ को तीजे कोशेली हो सिर्जनाबाटै सम्झना ।
डेढ दर्जन बढी एल्बमहरुमा मौलिक लोक गीत, तीज गीत, देशवासीको होस् वा प्रवासीको वास्तविक कथालाई गीतका फुर्काहरु बनाएर सबैको गलामा सुहाउने माला बनाउने ताकत सबैमा हुँदैन । संघर्ष, रैथाने जनजीवन र छरपष्टिएका कथा, पीडा र सफलताका कुराहरुलाई सिर्जनामा ढालेर सबैको मनपर्दो बनाउन लागिरहेकी श्रष्टाको नाम हो अम्बिका भण्डारी ।
लेखन, गायन दुबैमा परिपक्व मौलिक सिर्जनाकी धनि भण्डारीले यसपटकको तीजको अवसरमा पनि नयाँ गीत “बाँडिएन आमा दुःख बरीलै….” ल्याएकी हुन् ।
कतिले आफ्ना दुःखका वा सुखका कुराहरु छताछुल्ल पार्ने गरेको पाईन्छ । तर उनमा त्यो प्रवृति कहिल्यै हाबि भएन । दुःख, कष्टलाई हरसंभव जित्ने प्रयास गरिरहने र सुखानुभूति हुँदा नमात्तिने सास्वत उनको वास्तविक दैनिकी हो ।
यसपटक उनको गीत शुक्रबार, साउन १८ गते बेलुकीदेखि उनकै नाममा रहेको युट्यूब च्यानल अम्बिका भण्डारी युट्यूब च्यानलबाट तीजे गीत “बाँडिएन आमा दुःख बरीलै….” सार्वजनिक गरिएको छ ।
गीतमा स्वर, शब्द, लय र नर्देशन अम्बिका भण्डारीकै रहेको छ । यसको एरेन्जरमा दिबस थापा मगर रहेका छन् । बासुरी रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड गरिएको गीतको भिडियो छायांकन गणेश सापकोटाले गरेका हुन् ।
नृत्यमा मुना गुरुङ रहेकी छन् भने कलाकारहरुमा दिवाकर भण्डारी (सापटी काका, बरिस्ठ कलाकार प्रमिला तुलाचन, चर्चित कलाकार, युवराज भण्डारी, पोखरेली धुर्मुस, चर्चित कलाकार, संचारकर्मि, पोखरा थियटरकर्मि कर्मी रमेशबाबू तिम्सिना रहेका छन् । सामाजिक कलाकारमा गोबिन्द पराजुली, महेशवर बराल रहेका छन् । भिडियो सम्पादन सुवास अम्गाईले गरेका हुन् भने फलानो क्रियशनले उत्पादन गरेको हो ।
मोडलिङ कलाकारमा भावना पन्त बिष्ट, सपना तिवारी रहेका छन् । बालकलाकारमा स्वराजसिंह ढुङ्गाना रहेका छन् ।
भण्डारीका यसअघि आमाको सम्झना–२०७०, आउँ नाचम दिदीबहिनी–२०७१, खुशी राख्छु बाबा तिमीलाई–२०७२, नभैदेन मेरो मन दुःखी–२०७३, माईती देशै झललल–२०७४, हाम्रो माईतीघर–२०७५, फुल फुल्यो–२०७५ स्वर, शब्द र लय, आँठा आँठा छेकेर–२०७६, उहीँ वनपाखामा–२०७७, अपार–२०७८, प्रवासमा चेली–२०७८ लय स्वर, कलेजी चरर–२०७९, होकी हैन् जुनकीरी–२०८०, लोकगीत आमाको मन– २०८० सार्वजनिक भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले…






