तनहुँको आबुुखैरेनीमा पक्की पुल निर्माण


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८१ मा प्रकाशित




तनहुँ । जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ ।

जिल्ला पूूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मङ्गलबार सम्मान गरे ।

पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।