ओलि एण्ड एसोसिएट्सद्वारा मानवसेवा आश्रममा खाद्यन्न वितरण


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८१ मा प्रकाशित




भदौ १३ पोखरा । ओलि एण्ड एसोसिएट्स पोखराले आफ्नो १० औं स्थापना दिवस र लेखा व्यवस्थापक प्रतिक्षा आचार्यको जन्मदिनको अवसरमा मानवसेवा आश्रम, छोरेपाटन, पोखरामा खाद्यन्न सामाग्री र फलफूल वितरण गरेको छ ।

आश्रममा बसोबास गर्दै आएका लक्ष्मी आमा तथा बाल गोपालहरूप्रति गरिमा बढाउँदै, ओलि एण्ड एसोसिएट्सको टोलीले गरेको खाद्य सामाग्री तथा फलफूल वितरण गरेको हो ।

सो अवसरमा बोल्दै संस्थाका प्रतिनिधि साधना हमालले भनिन्, “हाम्रो जीवन एउटा प्रतिध्वनी हो, जुन हामी अरूलाई दिन्छौं, त्यसैको प्रतिफल फिर्ता पाउँछौं। यो सोचलाई आत्मसात् गर्दै, आश्रममा यो सेवा समर्पण गरिएको हो ।”

सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने संस्थाले प्रतिवद्धता व्यक्त गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।