भदौ १६ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गरे ।
कार्यक्रममा उनले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको सुनाए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए ।
संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुंजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न शेयर सदस्यहरुलाई आह्वान गरे । उनले सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनिय ढंगले अगाडी बढाउँदै शेयर सदस्यका हितको लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज सुबेदी, दुर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मधु सुबेदी, सम्मानित शेयर सदस्य राजेन्द्र इटानी लगायतले बोलेका थिए ।
साधारण सभामा सहकारीका अध्यक्ष सुदीप अधिकारी, सचिव रुपकराज मिश्र, कोषाध्यक्ष एकराज गिरी, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शमौ पौडेल लगायतले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा गत आर्थिक बर्ष भरि उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवम कार्यक्रम संयोजक मधु सुबेदीले, सहकारीको सिद्धान्त सहकारीका सदस्य गीता पराजुली, स्वागत नृत्य संस्कृति अधिकारीले र संचालन सञ्जय मल्लले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।