लेउवा संघका व्यवसायिलाई यतिको टिकटमा १० प्रतिशत छुट


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित




असोज ६ पोखरा । लेखनाथ उद्योग बाणिज्य संघका ब्यवसायि सदस्यहरुलाई यती एयरलाइन्सले १० प्रतिशत छुट दिने भएको छ ।
यती एयरलाइन्सको जुन सुकै ठाउको यात्रा गर्दा ब्यवसायि सदस्यहरुलाई १० प्रतिशत छुटको ब्यवस्था हुने गरि आईतवार दुई सस्थाका विच सम्झौता भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष विनोद श्रेष्ठ र यती एयरलाइन्सको तर्फबाट पोखराका स्टेशन प्रमुख राम लामिछानेले छुटको सम्झौता पत्रमा हस्ताक्षेर गरि कार्यन्वय गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार लेउव संघका एक हजार छ सय सदस्यहरुलाई परिचय पत्रका आधारमा यती एयरलाइन्सको जुन सुकै किसिमको यात्रामा पनि १० प्रतिशत छुट दिने गरि सहमति भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।