सराङकोट बहुउद्देश्यीय सहकारीको १८ औ वार्षिक साधारण सभा


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित




पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधरण सभाको पोखरामा शनिबार संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सीले शुभारम्भ गरे । उनले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकास संगै सबैको साथ सहयोगको लागी आहवान गरे ।

२०६३ देखी संचालनमा आएको सहकारीले शेयर सदस्यहरुको आर्थिक सहभागिताको लागी बचत ऋण को कारोबार मार्फत २ अर्ब २२ करोड ,कुल कारोबार सहित संस्थाको पुजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । सहकारीले सामुदायिक रेडियो १०४.६ मेगार्हज सञ्चालन गरिरहेको उनले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी , कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रोहित राज वास्तोला ,अधिवक्ता गोबिन्द पौडेल , प्रेम गीरी ,उपाध्यक्ष बसन्त बहादुर बानिया, संस्थाका सदस्य तारा थापा लगायत शेयर सदस्यहरुले आ आफ्नो धाराणा राखेका थिए ।

सो अवसरमा संस्थामा उत्कृष्ठ कारोबार, बचत कर्जा नियमित जेष्ठ सदस्यका उत्कृष्ठता हासिल गरेका छोरा छोरी हरु लाई सम्मान गरीएको छ ।

साधारण सभाले अधक्ष्य कृष्ण बहादुर थापाद्वारा प्रस्तुत संचालक समितिको प्रतिवेदन, सचिव कुल प्रसाद सुवेदीले प्रस्तुत गरेको संस्थागत एंव प्रस्तावित प्रतिवेदन ,कोषाध्यक्ष राममणि पौडेलको आर्थिक प्रतिवेदन , लेखा संयोजक शिब बहादुर बानियाले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन ,सहसचिव माया कुमारी शर्माले प्रस्तुत गरेको कर्जा असुली प्रतिवेदन र ,व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गरेको संस्थागत प्रतिवेदनलाई पारित गरेका छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।