असोज १३ पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् ।
मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स, न्यूरोड पोखराका सञ्चालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका छन् ।
अध्यक्ष गोकर्ण कार्कीले संघको विधान २०६५ ( पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई मनोनित गरेका हुन् ।
संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।