पोखरामा खुल्यो ‘फोन स्टोर’


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८१ मा प्रकाशित




असोज २० पोखरा । पोखराको चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा आएको छ ।

नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसर पारेर यूवा व्यवसायी अर्जुन बस्ताकोटीले उक्त स्टोर सञ्चालनमा ल्याएका हुन् ।

विभिन्न ब्राण्डका मोवाइल तथा मोवाईल एशोसरिज, ग्राहकहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक बस्ताकोटीले जानकारी दिए ।

सञ्चालक बस्ताकोटीका अनुसार पसलमा रियलमी, रेड्मी, सामसुङ, होनर, इन्फिनिक्स, एप्पल लगायतका ब्राण्डका मोवाईलहरु उपलब्ध छन् । उक्त मोवाइलको खरिदमा हात खाली नजाने गरि उपाहार कुपनहरु रहेको उनले बताए । उनले भने, ‘मोवाइल खरिदमा हात खाली नजाने अफरसँगै किस्ताबन्दीमा मोवाइल उपलब्ध गराइरहेका छौं । यसमा ४० प्रतिशत भने डाउनपेमेन्ट भने गर्नपर्ने छ ।’

ओपनिङ अफर स्वरुप हरेक मोवाईल सर्भिसमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । यसका साथै पसलमा मोवाईल बिक्रीसहित मर्मत र सेकेण्ड ह्याण्ड आइफोन साटफेरको सुविधा, स्मार्ट वाच, एयरबड, विभिन्न मोवाइल कभर तथा एशोसरिजहरु उपलब्ध छन् ।

झण्डै एक करोड ३० लाखको लागतमा सञ्चालनमा आएको स्टोरमा तीन जनाले रोजगारी प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।