पोखरा । भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुको महान चाड दशै तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको छ ।
सामूदायिक भवन पिपलागैरामा संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक मुक्तिनाथ पौडेलले चाड पर्व कत्ति पनि तडक भडक नगरी आफ्नै मौलिकता र मित्रभावले मनाउन आग्रह गरे ।
कार्यक्रममा घार्मी जनजागर आमा समूहका सचिव हिरादेवी पौडेल, घार्मी कृषी वातावरण तथा पर्यटन सहकारीका सचिव राजकुमार पौडेल, मैदान टोल विकास संस्थाका उपाध्यक्ष भिम प्रसाद पौडेल भूमे मैदान बहुउद्धेश्यी समूहका नि वर्तमान अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहकार पोषराज पौडेल, संस्थापक सचिव दुर्गा प्रसाद पौडेल, सदस्य पार्वती पौडेल लगायतले बोलेका थिए।
कार्यक्रममा समुहमा आवद्ध भएका नया सदस्य परशुराम पौडेल तथा कुमार पौडेललाई खादा लगाएर स्वागत गरियो ।
अर्ध वार्षिक समिक्षा सहित गरिएको सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुनिता अधिकारी पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका सचिव रामप्रसाद पौडेलको संचालन रहेको सो कार्यक्रममा उपाध्यक्ष डिल्लीराम पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







