नेपालमा कात्तिक १ देखि साफ महिला च्याम्पियनशिप फुटलब प्रतियोगिता हुदै


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८१ मा प्रकाशित




काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेश सहभागी हुने एन्फाले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।

प्रतियोगिताको अनुमानित बजेट रु चार करोड ६० लाख आठ सय रहेको आयोजकको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।