पोखरा । नेपालीहरुको महान् पर्व दशै भित्रिसक्दापनि विभिन्न ४ प्रदेशका ११ जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव भत्ता नपाएको गुनासो गरेका छन् । मधेश, बागमती, कर्णाली र सुदुरपश्चिमका ११ वटा जिल्लाका ३८ वटा स्थानिय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव भक्ता नपाएको जनाइएको छ ।
सोही सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका महासचिव हंसबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न जिल्लाका स्थानीय तहहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिँदा आम शिक्षक कर्मचारीहरू समयमानै तलव भत्ता प्राप्त गर्ने अधिकारवाट वञ्चित हुने वातावरण सिर्जना भएको भन्दै तत्काल तलब भत्ता निकासा गरी वितरण गर्न गराउन माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘मुलुकमा राजनीतिक परिवर्तनसँगै मुलुक गणतान्त्रिक संघीयतामा प्रवेश गरेको छ। वर्तमान नेपालको संविधान २०७२ अनुसार राज्यका तीनै तहका सरकारहरूको अधिकार र दायित्वहरूको स्पष्ट व्यवस्था रहेको देखिन्छ । सो अनुसार बालविकास देखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने अधिकार स्थानीय तहमा रहेको भन्दै संघीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा गर्ने दायित्वको रुपमा स्थानीय सरकारलाई सुम्पिएको अवस्था छ ।
संघीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्नेमा हाल सम्मको प्राप्त जानकारी अनुसार नेपालीहरूको महान चाडपर्वहरू दशैं, तिहार, छठ र नेपाल सम्वत लगायतका महत्त्वपूर्ण अवसरमा समेत निम्न अनुसारका स्थानीय तहहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिँदा आम शिक्षक कर्मचारीहरू समयमानै तलव भत्ता प्राप्त गर्ने अधिकारवाट वञ्चित हुने वातावरण सिर्जना भएका छन् । यस असामान्य परिस्थितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संगठनका अनुसार हालसम्म मधेस प्रदेशका सप्तरी, सिराहा, रौतहट , पर्सा, महोत्तरीसहित जिल्लाका ३३ पालिका, बागमती प्रदेशका रामेछाप र काभ्रेका २ वटा स्थानियतहले तलव भत्ता भुत्तान दिन बाकी रहेको छ । यस्तै कर्णालीका सल्यान र कालिकोटका एक–एक वटा स्थानिय तह र सुदुरपश्चिमको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले पनि भुक्तान गर्न बाँकी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







