एमाले नेता पौडेललाई मातृशोक


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८१ मा प्रकाशित




पोखरा २६ असोज

नेकपा एमालेका युवा नेता डिल्लीराम पौडेललाई मातृशोक परेको छ। नेता पौडेलकी ८० वर्षिया आमा पोखरा १९ घार्मी निवासी गोमादेवी पौडेलको शनिबार विहान आफ्नै निवास घार्मीमा निधन भएको हो।लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगवाट ग्रसित पौडेलको शनिबारै भुनपरेस्थीत दोविल्ला घाटमा अन्तेष्टि गरिएको छ। स्वर्गीय पौडेलको पार्थिव शरीरमा जेठा छोरा कुलप्रसाद पौडेलले दागबत्ती दिएका थिए। यसअघि स्वर्गीय पौडेलको पार्थिव शरीरमा स्थानीयले पुष्प गुच्छा अर्पण गरि अन्तिम विदाई गरेका थिए।

विसं २००२ सालमा पोखरा १३ आर्वाविजयमा जन्मिएकी पौडेलले घार्मीको सामाजिक तथा धार्मिक क्षेत्रमा निकै ठूलो योगदान पुर्याएकी थिईन्।

महिला सशक्तीकरणको क्षेत्रमा समेत भुमिका खेलेकी पौडेलको निधनले समाजले एक असल अभिभावक गुमाएको भन्दै शवयात्रामा सहभागीले स्मरण गरे । पौडेलको निधन प्रति घार्मीका विभिन्न संघसंस्थाले शोक व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।