सिर्जना बहिरामा अक्षयकोष तथा स्टेशनरी सहयोग


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८१ मा प्रकाशित




असोज ३० पोखरा । पोखरा महानगरपालिका वडा नं –२६ मा रहेको सिर्जना बहिरा आवासीय माध्यामिक विद्यालयका बिद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने गरि ५१ हजार बराबरको अक्षयकोष स्थापना गरिएको छ ।

स्थायी ठेगाना फलेवास–८ पर्वत भई हाल पोखरा १० कामना टोल निवासी पुर्व बेलायती सैनिक गुमानसिँह गुरुङ र झमानसिँह गुरुङले आफ्ना बुबा रआमा स्व. सु.मे. धन बहादुर गुरुङ र स्व. दुर्गा कुमारी गुरुङको स्मृतिमा ५१ हजार वरावरको रकमको अक्षयकोष स्थापना गरेका हुन् । पुर्व बेलायती सैनिक दाजुभाईले वुवा आमाको सम्झना विद्यालयका अध्यानरत विद्यार्थीको शौक्षिक विकासमा सहयोग पुग्ने गरि पहिलो चरणमा ५१ हजार बराबरको अक्षयकोष स्थापना गरेको बताए ।

दुई हप्ता अघि मात्र स्व. बल बहादुर स्मृतिकोष रु एक लाखको अक्षयकोष स्थापना गरेकोमा बुबाआमाको सम्झनामा पनि पुन यहि बिद्यालयमा अक्षयकोष स्थापना गर्न मन लागेको गुमानसिँह गुरुङले बताए त्यस्तै समाजसेवी शिवसिँह घलेले बुबाआमाको समाज प्रति गरेका समाजिक कामका वारेमा स्मरण गराएका थिए ।

यसैविच लायन्स क्लव अफ पोखरा अर्घौँले एक कार्यक्रमका बिच सिर्जना बहिरा विद्यालयलाई स्टेशनरी सामाग्री तथा बाटेको धुप बनाउने तालिमका लागी आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराएको छ । दुवै कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश लाल श्रेष्ठ र सञ्चालन प्रधानाध्यापक सुनिल कुमार भण्डारीले गरेका थिए । कार्यक्रममा अभिभावक सँघका अध्यक्ष हृदय कुमार श्रेष्ठ, समाजसेवी पुर्व न्यायधिस वासुदेव न्यौपाने, तिलकशाली सापकोटा लगाएतले सेवाको भावले गरिने जुन सुकै कार्यले समाजमा सकरात्मक सन्देस दिने विचार राखे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।