कार्तिक ३ पोखरा । सहकारी पीडितहरुले रविलाई समातेपछि आफूहरुलाई न्याय पाएको अनुभूति भएको बताएका छन् ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको रकम अपचलन गर्ने मध्येका एक रवि लामिछानेलाई पक्राउ गरेपछि आफूहरुले न्यायको अनुभूति गरेको बताए । उनले भने,‘भर्खरै पैसा नपाइएला तर न्याय पाईन्छ कि भन्ने आशा पलाएको छ ।’ उनले आफूहरुको अपचलन भएको रकम फिर्ता गरे मुद्धा फिर्ता गर्न तयार रहेको बताउँदै भने,‘हाम्रो अपचलन भएको रकम फिर्ता हुनुप¥यो । हामीले बचत रकम पाउनु प¥यो । त्यसपछि हामीपनि मुद्धा फिर्ता गरौंला । त्यसपछिको कारवाही कानून्ले के भन्छ त्यहि अनुसार होस् ।’
अर्का सहकारी पीडित तथा सहकारी पीडित संघर्ष समितिका सहसंयोजक सूर्य पोखरेलले रविलाई समातेपछि आफूहरुको रकम खातामै आएजस्तो सन्तोष मिलेको बताए । उनले भने,‘रविलाई पक्राउ मात्र गर्दापनि आफ्नो बैंक खातामै पैसा आएजस्तो भएको छ । कम्तिमा न्याय पाएको अनुभूति भएको छ ।’
अर्का पीडित तथा संघर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेलेपनि रविको पक्राउमा सहकारी पीडितहरु खुशी भएको बताए । त्यसले न्यायको अनुभूति भएको छ, अबचाहिं रकम फिर्ता भएर न्याय पाउने आशा पलाएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





