पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान)गण्डकीको नयाँ कार्यसमितिलाई अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले स्वागत तथा सम्मान गरेको छ ।
गत शुक्रबार एक्याप कार्यालयमा एक कार्यक्रमका विच टान गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो ।
सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले हालै अनलाइनद्वारा जारी गरिने पदयात्रा अनुमतिपत्रका बिषयमा छलफल छ ।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले अनलाइन मार्फत जारी गरिने अनुमतिपत्रमा देखिएका प्रकृयागत झन्झटिलो व्यवस्था, एकल पदयात्रीहरुको सुरक्षा चुनौतीको बिषय लगायत विविध समसामायिक बिषयमा संस्थागत धारणा राखेका थिए ।
यस्तै अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का आयोजना प्रमुख डा. रबिन कडरियाले अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख उपलब्धी, योजनाहरु बर्तमान अबस्थामा जारी रहेका समस्या र चुनौतीका बिषयमा बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







