कात्तिक ९ पोखरा ।
एभरेस्ट एफएमले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रम शुरु भएको छ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रमको एफएमका कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरिन् ।
एभरेस्ट एफएमको प्राङ्गणमा विहान ७ः३० बजेदेखि ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ शुरु भएको रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
१७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । यसअघि ६० वर्षसम्मकाले मात्रै रक्तदान गर्न मिल्ने भनिदै आएका थियो तर पछिल्लो क्रममा ६५ वर्षसम्मकाले रक्तदान गर्नसक्ने प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले बताए ।
त्यस्तै उच्च रक्तचाप भई औषधी सेवन गरेकालेपनि औषधी सेवनपछि सामान्य रक्तचाप भएको अवस्थामापनि रक्तदान गर्नसक्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले खेर जाने रगत दान गरेर मृत्यूसँग लडिरहेका विरामीको ज्यान बचाउन सकिने भएकाले योग्य व्यक्तिले समय समयमा रक्तदान गरिरहनुपर्ने बताए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एफएमको जीवन बचाउने अभियानमा आफू सँधै सहभागी हुँदै आएको र यसपटकपनि त्यसलाई निरन्तरता दिएको बताए ।
एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् ।
रक्तदान कार्यक्रममा हिमालयन एभरेष्ट ईन्स्योरेन्स, सिटिजन फर्निचर ट्रेड लिंक प्रालि, आस्था किड्नी एण्ड स्पेसलाईज्ड हस्पिटल, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, एस.एण्ड.बी.ट्रेडर्स, मेमोरी बेकरी एण्ड क्याफे, बाराही फुड्स, आगन तथा बाराही स्वीट्स, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रालि र पिउरो ड्रिंकिङ वाटरले सहकार्य गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







