आज विश्व स्वतन्त्रता दिवस मनाइँदै


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८१ मा प्रकाशित




आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।

सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।