कलम सहकारीको अध्यक्षमा सापकोटा


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाचौ अधिवेशनले मनोहरि सापकोटाको अध्यक्षतामा नया कार्यसमिती सर्वसमम्त चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रमेशराज बराल सचिवमा लाल प्रसाद पाठक सह सचिवमा बसुन्धरा कोइराला कोषाध्यक्षमा प्रकाश बास्तोला रहेका छन् भने सदस्यहरूमा शालिकराम देवकोटा,लोकराज दाहाल, प्रेम राना,चन्द्रदिव्याश्वरी भण्डारी सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा संयोजकमा किरण बराल तथा सदस्यहरूमा दिपेन्द्र पोखरेल सरिता गिरि चयन भएका छन् ।

यस अघि सहकारीकोे चौधौ साधारण सभा तथा पाचौ अधिवेशनमा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले बजारमा जुन प्राइभेट किसिमले चलेका सहकारीहरू छन त्यस्ता सहकारीहरू जोखीममा रहेको बताउदै सहकारीले धेरै निक्षेप संकलन गर्देमा सहकारी राम्रो नहुने बताए । तिवारीले महानगरपालिका भित्र रहेका सहकारी मध्य कलम सहकारीले सन्तोषजनक काम गरिरहेको बताए ।

सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम वहादुर श्रेष्ठले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए ।सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार ऋषिराम शर्मा भण्डारीले कलम बचत तथा ऋण सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताउदै सुरूवातमा पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको अग्रसरतामा कलम सहकारी खोलिएता पनि हाल सवैक साझा सहकारी भएको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पाकुमारी आचार्य लेखापरीक्षक रूद्रनाथ पौडेल कास्की वचत संघका सचिव मिनराज तिमल्सेना पत्रकार तथा अधिवत्ता शुष्मा पौडेल नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेल शेयर सदस्य नविन नापित,राष्ट्रिय सहकारी वैकका ईन्द्र कुवंर सहकारीका व्यवस्थापक सन्तोष लामिछाने लगाएतले बोलेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले अध्यक्षको प्रतिवेदन लेखा सयोजक रमेश राज बरालले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष प्रकाश गिरीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष मनोहरि सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका सह सचिव शिवराज वास्तोलाले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए ।

कार्यक्रममा कलम सम्मानबाट सहकारीका परिकल्पना तथा सहकारीका पुर्व अध्यक्ष सल्लाहकार ऋषिराम शर्मा भण्डारीलाई सहकारीका संस्थापक अध्यक्ष प्रेम वहादुर श्रेष्ठलाई जेष्ठ सदस्य सम्मान तथा उत्कृष्ट कर्मचारी सम्मान संगिता पोखरेललाई सम्मान गरिएको थियो । उत्कृष्ट कारोबार सम्मान खेमानन्द पोखरेल,कविन्द्र पोखरेल र अनिल वडगामीलाई गरिएको थियो भने शेयर सदस्यका छोरा छोरीहरु मध्य प्लस टु ,स्नातक,स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो ।

सहकारीका अध्यक्ष अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव सचिव राजेन्द्र घिमिरेले कार्यक्रम सन्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।