सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८१ मा प्रकाशित




नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ ।

यसैगरि, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।