गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नति


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०८१ मा प्रकाशित




गलकोट । एघार किलोमिटर गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ । त्यसैगरी, रु आठ करोड ६० लाखको लागतमा तीन किलोमिटर खण्डमा स्तरोन्नतिसहित कालोपत्र गरिने छ । यो बाटोको काम पनि जारी छ ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुजन देवकोटाका अनुसार सडक चौडा गर्ने तथा कालोपत्र बिछ्याउने काम जारी छ । हालसम्म पाँच किलोमिटर कालोपत्र भइसकेको छ । यसैवर्षभित्र बाँकी काम सम्पन्न गर्ने लक्ष्य छ । चौध किलोमिटर लामो गलकोट–ताराखोला–म्याग्दी सडक कालोपत्र भएपछि गलकोटदेखि रुमसम्मको आवागमन सहज हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।