पोखरा । त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ ।
शनिबार क्लबका पदाधिकारीहरु पोखरा २५ हेमजास्थित मानव सेवा आश्रममा पुुगेर १६० जना आश्रितलाई खाना खुवाएको क्लबका सहसचिव प्रविण सुुवेदीले जानकारी दिए ।
यस्तै उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
उनले नेपअपले आयोजना गरेको श्रीपेचको अन्तिम प्रतिस्पर्धी निशान रानामगरलाई पनि नगद रु १२ हजार आर्थिक सहयोग गरेको बताए ।
‘हामीले सामाजिक काममा खर्च गर्ने योजना अनुसार नै हामीले कार्यक्रम गरेका थियौ । त्यसैले साँझबाट जम्मा भएको रकममध्ये करिब ५० हजार बराबरको हामीले सामाजिक कार्यमा खर्च गरेका हौं,’ उनले भने ।
क्लबले गत कात्तिक १७ गते सिम्पानी चोकमा टुबोर्ग प्रिजेन्टस् तेस्रो सिम्पानी साँझको आयोजना गरेको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







