पोखरा, मंसिर १६
महिला हिंसा अन्त्यका लागि ऐक्बद्धता जनाउँदै महिला उद्यमी संघ, नेपाल कास्कीको टोली मर्दि हिमाल ट्रेकिङमा निस्केको छ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहँदा ‘महिला हिंसा अन्त्यका लागि महिला उद्यमी संघ नेपाल, कास्कीको ऐक्यबद्धता’ भन्ने नारासहित ७ सदस्यीय टोली मर्दि हिमाल ट्रेकिङमा निस्किएको हो ।

संघ कास्कीकी अध्यक्ष सरु बरालसहितको टोली आज पोखरादेखि माछापुच्छ«े गाउँपालिकाको भिंडाबारीसम्म गाडीमा गएर त्यसपछि ट्रेकिङ शुरु गरेको हो । टोली आज २ हजार ७ सय मिटरको उचाईमा रहेको रेस्ट क्याम्पमा पुगेर बास बसेको अध्यक्ष बरालले जानकारी दिईन् ।

तीन दिने सो ट्रेकिङका क्रममा आफूहरुले ट्रेकिङ रुटमा पर्ने बाटामा भेटिएका फोहोरमैला संकलन गरेर व्यवस्थापनपनि गर्ने उनले बताईन् । हामी सरसफाईपनि गर्नेछौं,उनले भनिन्,‘मर्दि रुटमा क्राउड (भीड) बढ्दा फोहोरपनि बढेको छ । त्यसैले हामी आफैलेपनि सरसफाई गर्ने अनि त्यसक्रममा भेटिएकाहरुलाईपनि सचेतना जगाउने कार्य गर्नेछौं ।’

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







