‘एक्सपेङ जी–सिक्स’ पोखराको अटोवेजबाट बिक्री शुरु


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित




मंसिर १८ पोखरा । पोखराको अटोवेज प्रालि, नयाँबजारबाट चिनियाँ अटोमोबाइल नयाँ ब्रान्ड एक्सपेङ जी–सिक्सको विक्री सुरू भएको छ ।

नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले अटोवेजलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक घोषणा गर्दै यहाँका लागि यस गाडी लञ्च पनि गरेको छ ।

पोखराका मेयर धनराज आचार्य, सीजी मोटर्सका सीईओ÷निर्देशक हेमन्त अग्रवाल, अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेललगायतले सोमबार साँझ होटल पोखरा ग्राण्डमा एक समारोहका बीच एक्सपेङ जी–सिक्स लञ्च गरेका हुन् ।

यससँगै नेपालमा एक्सपेङको उपस्थिती थप विस्तार गरेको छ । जसले स्थानीय ग्राहकलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ ।

अटोवेजका अध्यक्ष पौडेलले मिडियालाई एक्सपेङ ब्रान्डको बारेमा जानकारी दिए । उनले सीजी मोटर्सका उपलब्धि र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका छन् ।

उद्घाटनका क्रममा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी सिक्स एसयुभी पनि हस्तान्तरण गरेको छ ।

यस लञ्च कार्यक्रममा एक्सपेङको नयाँ जी सिक्स मोडल प्रस्तुत गरियो । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ ।

एक्सपेङको नेपाल आउने पहिलो मोडल ‘जी–सिक्स’ हो । कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभी मध्ये सबैभन्दा पहिला जी–सिक्सलाई राइट ह्याण्ड ड्राइभमा ल्याएको हो ।

एक्सपेङले वेलायतमा पहिलो राइटह्याण्ड ड्राइभ मोडल जी–सिक्सको टेष्ट गरिसकेको छ । टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी–सिक्समा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार जी–सिक्सको रेन्ज ५८० र ७५५ किलोमिटर रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।